-:Notice:-

मिति: २०७७/१०/२९
-:सूचना:-
आदरणीय अभिभावकज्यु सादर नमस्कार!
१. माघ ३ गते दोश्रो त्रैमासिक परीक्षाको परीक्षाफल तल उल्लेखित समयमा पूर्व सुचनानुसार प्रकाशित हुन गैरहेको छ ।
# नर्सरी देखि कक्षा ४ सम्म बिहान १० बजे देखि १२ बजे सम्म ।
# ५ देखि कक्षा १० सम्म: मध्यान्ह १२ बजे देखि २ बजे सम्म
२. भौतिक रुपमा बिद्यालय खोल्नु भनी मध्यपुर नगरपालिकाबाट आधिकारिक पत्र प्राप्त भइसकेको हुनाले नेपाल सरकारले लागू गरेको सुरक्षाको मापदण्ड अनुसार हाम्रो बिद्यालय पनि माघ ४ गते बाट खुल्ने जानकारी गराँउदछु।
३. अभिभावकवर्गले पनि तपशील बमोजिम आवश्यक सुरक्षाको मापदण्ड अप्नाइ आफ्ना नानी बाबुहरुलाई बिद्यालय पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
क) सामान्य बिमारी, रुघा खोकी, एलर्जी भएका नानी बाबुहरुलाई नपठाउने तर पठन पाठनको सन्दर्भमा बिषय शिक्षकलाई फोन गरि जानकारी लिन सक्नु हुनेछ।
ख) बिद्यार्थिबर्गले अनिवार्य रूपमा फेस शिल्ड र मास्क सही तरिकाले लगाउनु पर्नेछ। कहिले काहीँ बालबालिकाले मास्क झार्ने निकाल्ने गर्छन् त्यो समय फेस शिल्ड्ले थुकको छिटाबाट बचाउने हुँदा यसको प्रयोगको बानी बसाल्न राम्रो हुन्छ। मास्क पनि लगाउने र फेस शिल्ड पनि लगाउँदा स्वास्थ्यमा सकारात्मक असर पर्ने हुँदा यसलाई जोड गरिएको हो।
ग) वर्तमान अवस्थामा स्कुल क्यान्टिनको ब्यवस्था नगरिएको हुँदा घरबाटै स्वस्थकर खाना तथा खाजाको ब्यवस्था गर्नु पर्नेछ।
ग) उम्लेको तातो पानी थर्मसमा राखेर पठाइदिने साथै उमालेर चिसो बनाएको पानी पनि पठाइदिनु हुन अनुरोध छ।
घ) बाल बालिकालाई रुपैयाँ पैसा दिन मनाही छ।
४. हाल रहेको viber र messenger group लाई यथावतै राख्नेछौं। यो group बाट कोहि पनि नहटिदिनु हुन बिनम्र अनुरोध छ। प्रबिधिले हामिलाई दिएको सुबिधाको प्रयोग भैरहने हुँदा यी group हरुको प्रयोग हुने नै छ।
५. भौतिक रुपमा बिद्यालय संचालनार्थ छुट्टै routine ४ गते नै उपलब्ध हुनेछ।
६. बिद्यालय भौतिक रुपले संचालन भए पनि Ved Guru apps बाट गृह कार्य, हाजिरी र अन्य विविध सुचना सम्बन्धि गतिबिधी भने सो apps बाटै हुनेछ।
७. माघे संक्रान्ति को उपलक्ष्यमा तथा विविध तयारीको निम्ति माघ १ र २ गते बिदा गरिएको छ।
८. सम्पर्क फोनं नं: लेखा शाखा श्री सुजिता श्रेष्ठ 9841865855
"सुरक्षित बाँचौ र बचाऔं "
धन्यवाद।
दीपिका रिमाल थापा
प्रिन्सीपल
Principal
SVP is a school with an excellent reputation in its local community. Established in 2056 B.S., SVP is now a modern and forward-looking High School in having history of achieving 100% S.L.C results from the first batch. We welcome the contribution of parents. We are happy to provide more information on a variety of policies and welcome involvement from parents in many different ways. We are confident every children will succeed in achieving their personal best and will be encouraged to do so...
Read More >>
