महत्वपुर्ण सुचना ! सुचना!! सुचना!!!

आदरणीय अभिभावकज्यु 
सादर नमस्कार!
सुस्वास्थ्यको हार्दिक कामना !!! शिक्षा मंत्रालयको बिद्यालय पुनः संचालन सम्बन्धी कार्य बिधि अनुसार यहि असोजको दोश्रो हप्ता भित्रमा विद्यार्थीहरुको अभिलेखिकरण गरि बिद्यालयहरुले तथ्यांक बिवरण नगरपालिकाको शिक्षा शाखामा बुझाइ सक्नु पर्ने भनी उल्लेख भएको हुंदा सो बमोजिम अभिलेखिकरणको अवधी यहि २०७७ साल असोज १५ गतेका दिन सकिने हुंदा बिद्यालयमा नाम दर्ता गराउन छुटेका अभिभावकबर्गले तुरन्त सम्पर्क राखी  form भरी पठाइदिनु हुन अनुरोध गर्दछु। उक्त सम्बन्धमा यस अघि पटक पटक जानकारी गराइएको स्मरण गराउन चाहन्छु।
अझै पनि धेरै विद्यार्थीहरुको नाम दर्ता भै अभिलेखिकरण हुन बांकी देखिन्छ। Online form को link  http://svp.edu.np/   मा click गरि सो form भरी पठाउनु पर्ने हुन्छ। । यदी Online form भर्न कठिनाइ भएको भए, सो online form को format बमोजिम details उतारी एउटा पानामा सम्पुर्ण बिवरण साधारण  कागजमा भरेर scan गरि अथवा फोटो खिंचेर बिद्यालयको facebook को msg box मा पठाइदिनु हुन अनुरोध गर्द्छु। 
थप जानकारीको लागि सुजिता श्रेष्ठज्युको मोबाइल  984-186-5855 नं मा सम्पर्क राख्न हुन अनुरोध गर्दछु।
स्मरण रहोस् अभिलेखिकरण हुन नसकेको विद्यार्थीहरुलाइ बिद्यालय पुनः संचालन सम्बन्धी कार्य बिधिमा उल्लेख गरे अनुसार अब आउने प्रथम त्रैमासिक परिक्षामा समेत सामेल गराउन नसक्ने जानकारी गराउंद्छु। परिक्षा सम्बन्धि सुचना दुई दिन अगाडी २०७७ साल असोज ११ गते नै पठाइसकेको छ। सो परीक्षा online बाटै objective 40%, Home Work + attendance 10% Subjective 50% जम्मा 100% को हुने जानकारी गराउदछु।

प्रीन्सिपल
दीपिका रिमाल थापा